बल राज भाट, कैलाली, नेपाल मे ३०, २०२१
नेता र बजेटछोराछोरी जे पो गरून् छैन प दरकार,
वृद्धभत्ता लागू गर्ने मनमोहन सरकार ।
मैले बाढ्या भनी कन भुँडी घसाड्डा छन् ।
भोट पाउला भनी कन कुडा पसाड्डा छन
रिन गाडी बिदेश बाट कनिका छड्डाछन
तल्ला मुल्ला प्रभुका ती गोडामा पड्डाछ्न।
जनतालाई बिस्वासै छैन बात मात्रै हरन्याको।
लोकतन्त्र भनिकन ढुकुटी भरन्याको।।
जै देश समुन्द्र छैन जहाज चलाउनलाइ
कम्पनी खोल्याका यिन्ले झोले रिझाउनलाइ
त्यति रुप्या किन फाल्यो रेलको बाटो खोल्न्या
गाडी खसी मान्छे मद्दा छैन कोहि बोल्न्या।।
बर्ष बर्ष टालो हाल्ला खाल्टा पुरन्या भनी
जनता मद्दा ठोक्की कन पुरन्या हुनो धनी।।
काम गर्न्यालाइ कर लगाइ ठसक्क माद्दा छ्न।
आफ्नाइ मान्छे खोजि खोजी अगाडी साद्दाछ्न।
गरीबका छोरा छोरी खाडी बाइग्या भागी
कति त युद्धमा मर्या यिनका साथ लागि।
निका ले देश छोडी बाइग्या ,सराप लागिजाउ
फुच्रा कन फाल्न जनता एकपल्ट जागिजाउ।।